Aamsanchar

जीपको ठक्करबाट बालकको मृत्यु

Author Image
बुधवार, जेठ ३, २०८०

मकवानपुर । मकवानपुरको हेटौँडामा जीपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–११, सिमलटारबाट हेटौँडातर्फ आइरहेको वाग्मती प्रदेश०३–००१च १५९७ नम्बरको जीपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जीप चालकलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर