


अर्घाखाँची – अर्घाखाँचीकाे सन्धिखर्कमा बिजुलीकाे पाेलबाट खसेर एक जनाको ज्यान गएको छ । पाेलबाट खसेर अर्का एक घाइते भएका छन् ।
सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको पोलमा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासी तार तान्दा किमडाँडाकै ३६ वर्षीय कृष्णबहादुर राना पाेलबाट खसेर गम्भीर घाइते हुनुभएकाे थियाे । उहाँकाे उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको प्रहरीले जनाएकाे छ ।
अर्का घाइते किरन रानाकाे जिल्ला अस्पतालमा उपचार भइरहेको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले बताउनुभयाे ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 73