Aamsanchar

उच्च अदालत विराटनगरद्वारा सदस्य सचिव वाग्लेलाई हटाउने निर्णय कार्यन्वयन नगर्न आदेश

Author Image
शुक्रवार, जेठ ५, २०८०

सुनसरी –उच्च अदालत विराटनगरले खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव हंशराज वाग्लेलाई हटाउने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्च अदालतका न्यायाधीश कमलकृष्ण अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको सदस्य सचिव वाग्लेले जानकारी दिए ।

यसअघि वाग्लेलाई हटाउने तयारी गरेको सामाजिक विकास मन्त्रालयले दुई पटक स्पष्टीकरण सोधेको थियो । वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै मन्त्रालयले वैशाख १७ गते पहिलो र २९ गते दोस्रो पटक उनीसँग स्पष्टीकरण मागेको थियो ।

दुवै स्पष्टीकरणको जवाफसमेत चित्तबुझ्दो नभएको जनाउँदै सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले वाग्लेलाई पदमुक्त गरेको थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर