Aamsanchar

मेहलीको ल्याडामा चट्याङबाट जोगाउन अर्थिङ टावर निर्माण

Author Image
शनिवार, जेठ ६, २०८०

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर–१६, मेहलीको ल्याडामा चट्याङबाट जोगाउन अर्थिङ टावर निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिका, वातावरण सुधार समाज, अन्तरनिर्भर समाज र नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा सञ्चालित उत्थानशील नगरका लागि सामूहिक पहल परियोजनासँगै स्थानीय नागरिकको श्रमदानमा चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण गरिएको हो ।

वीरेन्द्रनगरका मेहली, पारेगाउँ, रतु, गर्पन गाउँहरु चट्याङको उच्च जोखिम रहेकाले जनधनको सुरक्षा गर्न अर्थिङ टावर राखेर सुरक्षित बनाइएको हो । नेपाल रेडक्रस सोसाईटी शाखा सुर्खेतका सभापति रामलाल आचार्यले वीरेन्द्रनगर–१५ र १६ नम्वर वडामा चट्याङको शक्ति नष्ट गर्ने अर्थिङ टावर राखेर बस्तीलाई चट्याङबाट सुरक्षित बनाइएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर