Aamsanchar

इलाममा पुगेर आत्म*हत्या प्रयास गरेका बिर्तामोडका एक युवाको उद्धार 

Author Image
शनिवार, जेठ ६, २०८०

इलाम  । आत्म*हत्या प्रयास गर्दै गर्दा एक युवालाई प्रहरी उद्धार गरेको छ ।  हिजो वेलुका  झापा बिर्तामोड नगरपालिका ७ बस्ने ३५ वर्षीय ति युवाले इलाम नगरपालिका ७ स्थित चिया बगानमा रहेको हावा महलमा नाइलनको डोरीले पासो लगाई आत्महत्या गर्न खोजी रहेको अवस्थामा स्थानीय मानिसहरूले देखेर प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरेको थियो। 

उद्धार पछि ३५ वर्षे ति युवालाई आत्म*हत्या प्रयास गर्नु कारणबारे प्रहरीले सोधपुछ गर्दा घरायसी समस्याको कारणले आत्म*हत्या गर्न खोजेको बताएका छन् । हाल ति युवालाई सामान्य उपचार पछि आफन्तलाई  बुझाई सकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विपन विश्वकर्माले जानकारी दिए ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर