


काठमाण्डाै – बुद्ध एअरले जहाजमा रहेको मुसा बाहिर निकालेर जहाज काठमाण्डौ ल्याएको छ ।
हिजो शनिवार जनकपुरमा रोकिएको जहाजको ट्र्यापमा आज आइतवार बिहान भेटिएको मुसालाई बाहिर निकालिएको बुद्ध एअरले जनाएको छ । मुसा निकालेपछि जहाजलाई सम्पूर्ण जाँच गरी दुई/तीन घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको कम्पनीले जनाएको छ । आज दिउँसो प्रशिक्षक, चालक र प्राविधिक टाेलीले जहाजलाई काठमाण्डाै ल्याएको छ । जहाजलाई थप निरीक्षण गरी पुनः व्यावसायिक उडान थालिने बुद्ध एअरले जनाएको छ ।
बुद्ध एअरलाइन्सले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी बन्द गर्न पनि आग्रह गरेको छ । हिजो काठमाण्डौ उड्न ठिक्क परेको जहाजमा मुसा देखिएपछि त्यो जहाजलाई जनकपुरमै ग्राउन्डेड गरेर अर्को जहाजले यात्रु काठमाण्डौ ल्याएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
1
+1
Views: 54