Aamsanchar

ढुङ्गामुनि लुकाएर लाँदै गरेको सालको गोलिया काठ सहितको ट्याक्टर सशस्त्रकाे नियन्त्रणमा

Author Image
आइतवार, जेठ ७, २०८०

रौतहट – रौतहट स्थित ढुङ्गामुनि लुकाएर लाँदै गरेको सालको गोलिया काठ सहितको ट्याक्टर सशस्त्र प्रहरीले बरामद गरेको छ ।चन्द्रपुर नगरपालिका ३ को गैडाटारबाट लोड गरेर वडा १०  बालचनपुर लाँदै गरेको अवस्थामा ना ४त ८३६६ नम्बरको ट्र्याक्टर  सशक्त प्रहरीको टोलीले बरामद गरेको  हो । बालचनपुरका चिरानमिल सञ्चालक मुकेश साहले ५ थान सालको गोलिया ढुङ्गा मुनी लुकाएर ट्रेक्टर लोड लाँदै गरेको सूचनाको आधारमा सन्तपुर स्थित सशस्त्र बेसकाको  टोलीले  बरामद गरेको हो । बरामद काठ सहितको ट्याक्टर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । ट्याक्टर चालक चन्द्रपुर १० का २३ वर्षका फिरोज मन्सुरी पक्राउ परेको तथा ट्याक्टर धनी चिरान मिल सञ्चालक मुकेश साह सशस्त्र प्रहरीलाई देख्नासाथ फरार भएको थियो ।बरामद काठ सहितको ट्याक्टर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । ट्याक्टर चालक चन्द्रपुर १० का २३ वर्षका फिरोज मन्सुरी पक्राउ परेको तथा ट्याक्टर धनी चिरान मिल सञ्चालक मुकेश साह सशस्त्र प्रहरीलाई देख्नासाथ फरार भएको थियो ।बरामद ५० क्युफिट सालको गोलिया काठ, ट्र्याक्टर र चालक नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर