


मकवानपुर – मकवानपुरको भीमफेदी कारागारका ३५ जना कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण भएको छ ।
सोमवार हिजाे बेलुका केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता हुने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो ।
सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण बिस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिनुभयो ।

सङ्क्रमण भइ बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोली खटिएकाे पौडेलले बताउनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 38