Aamsanchar

आजदेखि २० गतेसम्म दैनिक ११ घण्टा विद्युत सेवा अबरुद्ध हुने

Author Image
बुधवार, जेठ १०, २०८०

बैतडी : बैतडीमा आजदेखि १० दिनका लागि विद्युत सेवा अवरुद्ध भएको  छ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका अनुसार आजदेखि जेठ २० गते सम्म दैनिक बिहान ६ देखि बेलुका ५ बजेको समयमा विद्युत आपूर्ति  बन्द हुने  भएको  हो।

यहाँस्थित ३३ र ११ केभी प्रशारण लाइनमा लागेका रुखहरुको हांगाबिंगा छेकान गर्नुपर्ने भएकाले बजार फिडरका विभिन्न क्षेत्रमा जेठ १० गतेदेखि २० गतेसम्म   विद्युत सेवा अबरुद्ध हुने  भएको हो।

२० गते  अगावै छेकान कार्य सम्पन्न भइहाले  जुनसुकै समयमा पनि बत्ती आउने  जनाइएको  छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर