Aamsanchar

मनाइयो सिथि नख

Author Image
बिहिवार, जेठ ११, २०८०

काठमाडौँ : नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा र पूजाआराधना गरी सिथि नख मनाएको छ।

हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पानीका स्रोतमा पूजा आराधना यो पर्व मनाउने गरिन्छ। यसबारेमा मार्कण्डेयलगायत पुराणमा सिथि देवताका रूपमा पुज्ने गरिन्छ। सिथि पर्वका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका पानीका मुहानमा सरसफाइ गरिएको छ। यो पर्व विशेषगरी नेवार समुदायको बाहुल्य रहेका स्थानमा मनाउने गरिन्छ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले आज विशेष गरी यो पर्व मनाउने भक्तपुरको क्वाठन्डौंका सूर्यबहादुर मुस्याख्वले बताए। उनले नेवार समुदायले आज पानीका मुहानको सरसफाइ गरेर यो पर्व मनाउने गरिएको बताए।

आजकै दिन कुमार षष्ठी पर्व पनि मनाइएको छ। देवताहरुका सेनापति कुमार कार्तिकेयको पूजा आराधना एवं व्रत गरी यो पर्व मनाउने परम्परा छ।

सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रूपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उनको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो। कुमार कार्तिकेयलाई सिथि पनि भन्ने गरिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर