Aamsanchar

जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी

Author Image
शुक्रवार, जेठ १२, २०८०

तनहुँ : तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन्। व्यास नगरपालिका–५ चिन्तुटार बस्ने वर्ष ७२ को शुकबहादुर गुरुङ, उनकी श्रीमती वर्ष ६० की मीनमाया तामाङ गुरुङ र  छोरा  वर्ष ३२ को थमन गुरुङ बिरामी परेको  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

बिरामी भएपछि तीन जनाको दमौली स्थित दमौली अस्पतालमा उपचारको लागि ल्याइएको थियो। वर्ष ७२ का शुकबहादुरलाई थप उपचारको लागि बिहीबार दिउँसो स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरा पठाएको र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको प्रनाउ खाणले बताए।

बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उनीहरु तीनै जना बिरामी परेको खाणको भनाइ छ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर