Aamsanchar

बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

Author Image
शुक्रवार, जेठ १२, २०८०

खोटाङ – हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको छाना उडाएको हो ।

आईसीटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन र कक्षा ४ र कक्षा ५ पठन–पाठन हुँदैआएको भवनको छाना उडाएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।

छाना उडाएपछि आईसीटी कक्षाको कम्प्युटर, डेस्क बेञ्च लगायतका सामान भिजेको छ । केही दिनभित्रै विद्यालयको भवनको छाना हालिने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर