Aamsanchar

नक्कली भुटानी शरणार्थी  प्रकरण : फरार रहेकी लक्ष्मी महर्जन प्रकाउ

Author Image
शुक्रवार, जेठ १२, २०८०

काठमाडौं : नक्कली भुटानी शरणार्थी  प्रकरणमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए।

महर्जनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको उनले बताए। उनलाई शुक्रबारै जिल्ला अदालत काठमाडौंमा  पेस गरिएको उनले बताए।

जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख गरिएको थियो। महर्जन पक्राउ पर्ने १७ औं व्यक्ति हुन्।

शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि अदालतमा बयानको काम सुरू भएको छ। प्रतिवादी धेरै भएकाले बयान सकिन केही दिन लाग्ने देखिएको छ। बयान लिने काम सकिएपछि मात्रै थुनछेक बहस सुरु हुनेछ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 317

प्रतिक्रिया (०)

सम्बन्धित खबर