Aamsanchar

पप्पु कन्ट्रक्सनसहित २३ ठेकेदार कम्पनी कालोसूचीमा

Author Image
बुधवार, जेठ १७, २०८०

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम कार्यालयको जेठ १६ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरुलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

यी ठेकेदार मध्ये १ नम्बरमा उल्लेखित कलेज अफ इम्प्लोइमेन्ट प्रालिलाई ३ वर्षको लागि कालोसूचीमा राखिएको हो। त्यस्तै २ नम्बरमा उल्लेखित ठेकेदारलाई २ वर्षको लागि तथा ३,४, र ५ मा उल्लेखित ठेकेदारलाई १ वर्ष ३ महिनाको लागि कालोसूचीमा राखिएको हो।

बाँकीलाई भने १ वर्षको लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)