Aamsanchar

८५ लाख ५२ हजार बराबरको सालकाे काठ प्रहरीको नियन्त्रणमा

Author Image
बुधवार, जेठ १७, २०८०

जनकपुरधाम – महोत्तरीबाट ८५ लाख रुपैयाँ बराबरको अवैध सालको काठ प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.६ख. ६६६४ र ना.६ख. ६२७२ नम्बरको ट्रकलाई बर्दिबास नगरपालिका ५ स्थितबाट नियन्त्रणमा लिएको हो ।दुवै ट्रकबाट १२१ वटा सालको काठको गोलिया प्रहरीले बरामद गरेको छ । काठको गोलिया सहिद दुवै ट्रक, दुवै ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ ।बरामद गरेको एक हजार ५३३ क्यु फिट सालको काठ ८५ लाख ५२ हजार ४४५ मूल्य बराबरको रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।बरामद काठ, सवारी साधन र चालकलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय गढन्ता महोत्तरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर