Aamsanchar

बसले कारलाई ठक्कर दिँदा डा. सञ्जु खड्कासहित दुई जनाको मृत्यु

Author Image
बुधवार, जेठ १७, २०८०

कोहलपुर – बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ ।दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र सुर्खेतको वीरेन्द्रनगरकी अन्दाजी ५४ वर्षीया डा सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । खड्का कर्णाली प्रदेश अस्पतालका कार्यकारी निर्देशक डा. डम्बर खड्काकी श्रीमती हुन् । प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर