Aamsanchar

घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु

Author Image
शुक्रवार, जेठ १९, २०८०

खोटाङ – दिक्तेलमा घरको छतबाट खसेर बिहीबार एक बालिकाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित सीताराम खत्रीको घरमा डेरा गरेर बस्ने साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँका रविन गुरुङकी ५ वर्षीया छोरी रोशनी गुरुङको छतबाछ खसेर मृत्यु भएको हो ।बिहीबार बेलुकी करिब ५ बजेतिर दुई तालामाथिको रेलिङबाट खसेकी उनको स्थानीय फेमिली अस्पतालमा उपचारको क्रममा करिब साढे ६ बजेतिर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर