Aamsanchar

सुनकोसी नदीमा स्कारपियो खस्याे, सिटिइभिटीका तीन कर्मचारी बेपत्ता

Author Image
शुक्रवार, जेठ १९, २०८०

काठमाडौं – सिन्धुलीको घुर्मी–खुर्कोट सडकखण्डको लौकुनमा सिटिइभिटीको गाडी सुनकोसी नदीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका छन् ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खसेको हो ।

गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलुवालले जानकारी दिनुभयो ।

गाडीमा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमप्रसाद भूर्तेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यलय खुर्कोटमा रहेको प्रहरी टोली घटना स्थलमा पुगिसकेको र आफू सहितको टोली पनि घटना स्थलतर्फ जाँदै गरेको सिलवालले जानकारी दिनुभयो । बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 531

प्रतिक्रिया (०)

सम्बन्धित खबर