Aamsanchar

झापाकाे बुद्धशान्तिमा मोटरसाइकलकाे ठक्करबाट पैदल यात्रीकाे मृत्यु

Author Image
शुक्रवार, जेठ १९, २०८०

 

झापा-बुद्धशान्ति ३ स्थित सयपत्री चौकमा मोटरसाइकलकाे ठक्करबाट १ काे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बर्ष ६५ का बल बहादुर बस्नेत रहेका छन् ।

उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प १७६५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री बर्ष ६५ को बल बहादुर बस्नेतलाई ठक्कर दिंदा उनकाे टाउको र अनुहारमा चोट लागेकाे थियाे । बोल्न नसक्ने गम्भीर अवस्थामा रहेका उनलाई उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड सी हस्पिटलमा लैजाँदा मृत्यु भएकाे हाे । माेटरसाइकल चालक गौरादह ४ का बर्ष ३० को संदेश तुम्बापो प्रहरीकाे नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर