Aamsanchar

ताप्लेजुङको चागे माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द

Author Image
आइतवार, जेठ २१, २०८०

ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ मा रहेको चागे माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । विद्यालयका ५० जनाभन्दा धेरै विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द गरिएको हो ।

विद्यालयका प्रधानाध्यपक केशवप्रसाद गौतमका अनुसार विद्यार्थी बिरामी हुन थालेपछि आउँदो शुक्रवारसम्म विद्यालय बन्द गरिएको छ । विद्यार्थीलाई ज्वरोसहित शरीरमा फोका आएकाले विद्यालय बन्द गरिएकाे उहाँले बताउनु भयाे ।

उनीहरुमा दादुरा या ठेउलाको सङ्क्रमण हुन सक्ने जिल्ला जनस्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । गर्मीमा दादुरा र ठेउलाको सङ्क्रमण धेरै देखिने गरेको छ । साथै एक जनालाई देखिएमा बिरामीको सम्पर्कमा रहने अरुलाई पनि सर्ने सम्भावना हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर