Aamsanchar

माेरङकाे रतुवामाईमा जग्गाको कित्ताकाट खुल्यो

Author Image
सोमवार, जेठ २२, २०८०

उर्लाबारी – दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिकाले जग्गाको कित्ताकाट खुला गरेको छ । भूउपयोग ऐन २०७६ को दफा ४ र भूउपयोग नियमावली २०७९ नियम ५ बमोजिम भूउपयोग क्षेत्र वर्गीकरण गर्ने काम स्थानीय भूउपयोग परिषद्को बैठकले गत वैशाख २९ गते पारित गरी कार्यपालिका बैठकमा पेस गरेको थियो ।

कार्यपालिकाले जेठ १४ गते परिषद्ले गरेको निर्णयलाई अनुमोदन गरेपछि लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुलेको हो । रतुवामाई नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सञ्जयबहादुर राजलवटले सार्वजनिक सूचना प्रकाशित गरी कित्ताकाट खुलेको बताउनुभयो ।

जेठ १४ मा कार्यपालिकाले निर्णय गरेपछि सरोकारवाला सरकारी निकायहरू, मालपोत र नापी कार्यालयमा जानकारी पठाएर आइतबार सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर