Aamsanchar

जंगलमा गाडिएको अवस्थामा महिलाको शव फेला

Author Image
मङ्गलवार, जेठ २३, २०८०

धनगढी : कैलालीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको गौरिगङ्गा नगरपालिका- १ स्थित केदारेश्वर सामुदायिक वनमा २८ वर्षीया कविता बुढा मृत फेला परेकी हुन्। उनी विवाहित महिला हुन्। प्रहरी स्रोतका अनुसार उनको शव हिजो वनमा  गाडिएको अवस्थामा फेला परेको हो। बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। उनको हत्या गरेर शव गाडिएको प्रहरीको भनाइ छ।

मृतक बुढाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी रहेका छन्। केही दिनअघि मात्रै उनको ससुरासँग झगडा भएको बताइएको छ। ससुराले नै उनको हत्या गरेको प्रहरीको आशंका छ।

उनी घरमा सासु ससुरा र देउरानीसँग बस्दै आएकी थिइन्। अहिले प्रहरीले एक जनालाई पक्राउ गरेर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर