Aamsanchar

वृद्ध भत्ता बुझेर घर फर्किंदै गरेका एक वृद्धको माटोमै मृत्यु

Author Image
मङ्गलवार, साउन १६, २०८०

बैतडी : बैतडीमा वृद्ध भत्ता बुझेर घर फर्किंदै गरेका एक वृद्धको माटोमै मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका- ६ रोडी बस्ने ७१ वर्षीय धनसिंह भण्डारी वृद्ध भत्ता बुझेर घर फर्किने क्रममा बाटोमै मृत्यु भएको हो । वडा नं ३ र ४ को सिमानामा  पर्ने गोगनपानी भन्ने स्थानमा मृत फेला परेका वडा नम्बर ६ का वडा अध्यक्ष रामसिंह पुजाराले जानकारी दिए ।

पञ्चेश्वर गाउँपालिकाको -३ स्थित कुलाउँको नविल बैंकबाट वृद्ध भत्ता बुझेर सोमबार घर फर्किएका भण्डारी साँझसम्म पनि घर नपुगेपछि खोजी भएको थियो । सोही क्रममा मंगलबार बिहान मृत अवस्थामा फेला परेको वडा अध्यक्ष पुजाराले बताए ।

वडा नं ६ को रोडीदवबाट नविल बैंक रहेको स्थान कुलाउसम्म करिब ५ घण्टाको पैदल दुरीमा रहेको वडा अध्यक्ष पुजाराले बताए ।  भण्डारीको टाउकोमा चोट लागेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बतडीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर