



काठमाण्डाै – विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् ।
हिजो बिहीवार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुनिल थापा नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार तुलबहादुरको हिजो दिउँसो साढे २ बजे ज्यान गएको हो ।
यस्तै तुलबहादुरकी आमा ५० वर्षकी डिली सार्की गम्भीर बिरामी हुनुहुन्छ । उहाँको नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर नेपालीले बताउनुभयाे ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 68