Aamsanchar

इलाममा एक वर्षमा तीन हजार जनालाई चस्मा वितरण

Author Image
शुक्रवार, साउन १९, २०८०

इलाम : इलाममा एक वर्षमा करिब तीन हजारलाई चस्मा वितरण गरिएको छ। जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरबाट तीन हजार ९३१ जनालाई चस्मा वितरण गरिएको हो।

गत आर्थिक वर्षमा १५ हजार ४५१ जनाको आँखा परीक्षण गरिएको नेपाल नेत्र ज्योति संघका सचिव प्रकाश भट्टराईले बताए।

संघ र विराटनगर आँखा अस्पतालले गत वर्ष इलामका विभिन्न ठाउँमा चलाएको शिविरमा छ हजार ८७१ जनालाई औषधि प्रयोग गर्दै निको हुने आँखाको समस्या देखिएको आँखा तथा कान उपचार केन्द्र फिक्कलका प्रमुख पुष्कर झाले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर