अछाम-घाँस काट्नेक्रममा मंगलसेन नगरपालिकामा एक महिलाको भीरबाट खसेर निधन भएको छ । मंगलसेन नगरपालिका –१ जैधन निवासी अन्दाजी २४ वर्षीया निर्मला साउद थापाको निधन भएको हो ।
शनिबार बिहान घर नजिकै रहेको अम्लिसैन भीरबाट लडेर घटनास्थमै निधन भएको वडा अध्यक्ष लोकराज नाथले जानकारी दिनुभयो । घाँस काट्न गएकी निर्मला भीरबाट करिब दुईसय मिटर तल खसेको बताइएको छ ।
मृतक निर्मलाका तीन वर्षीय एक छोरा रहेको छ भने श्रीमान् अध्ययनको क्रममा जिल्ला बाहिर रहेका छन् । निर्मला मंगलसेन नगरपालिका –१ को वडामा मनोसामाजिक कार्यकर्ताको रुपमा कार्यरत रहनुहुन्थ्यो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
1
+1
Views: 137