



काठमाण्डाै – ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न रोक लगाएको छ ।नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार हिजोदेखि पाटनका विश्वनाथ मन्दिर र हरिशङ्खर मन्दिरमा बस्न रोक लगाइएको छ । अन्य मन्दिरहरूमा पनि रोक लगाउने तयारी भइरहेको छ । मन्दिर परिसरमा बस्नेहरुले विकृति फैलाउने खालका गतिविधि गरेकाले रोक लगाइएको हाछेथुले बताउनुभयो ।
उहाँका अनुसार यो नियम कार्यान्वयनका लागि बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म मन्दिर परिसरमा महानगर प्रहरी खटिने छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 85