Aamsanchar

न्यायाधीशको सुरक्षामा खटिएका पिएसओको पेस्तोल चोरी गर्ने दुई जना पक्राउ

Author Image
आइतवार, साउन २१, २०८०

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशको सुरक्षामा खटिएका पिएसओको पेस्तोल चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २४ वर्षीय बासुदेव थामी र सिन्धुली घर भएका मेघबहादुर तामाङ छन् ।

असार ३१ मा प्रहरी नायव निरिक्षक (सई) प्रभाकर खड्कको घरबाट पेस्तोल चोरी भएको थियो । खड्का सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत हुन् । बौद्धस्थित खड्काको घरबाट पेस्तोल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।

बौद्धस्थित शिव मन्दिर नजिकै लुकाएर राखेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रहरीले प्रयोग गर्ने पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी ढुंगेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर