



चितवन – चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ । बाघकाे आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङकाे ज्यान गएकाे हाे ।
उहाँलाई खैरहनी नगरपालिका–१२ सहनपुरमा रहेकाे केरा घारीमा हिजाे आइतवार दिउँसो बाघले आक्रमण गरेकाे थियाे ।
चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ । बाघ शनिवारदेखि नै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 73