Aamsanchar

कानेपोखरीमा मोटरसाइकल चालक नालीभित्र मृत फेला

Author Image
सोमवार, साउन २२, २०८०

विराटनगर  : मोरङको कानेपोखरी गाउँपालिका–५ मा सोमबार बिहान मोटरसाइकल चालक नालीभित्र मृत फेला परेका छन् ।  इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार कानेपोखरी–५ का ३० वर्षीय शिवचन्द्र यादवको शव नालीभित्र भेटिएको हो ।

यादवले चलाएको लु ३७ प ९९४२ नम्बरको मोटरसाइकल पनि नालीभित्रै लडिरहेको अवस्थामा फेला परेको हो । आफैं अनियन्त्रित भएर मोटरसाइकलसहित चालक नालीभित्र खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यादव बिहान ६ बजेतिर मृत फेला परेपछि स्थानीयले प्रहरीलाई घटनाको जानकारी गराएका हुन् । डीएसपी भण्डारीका अनुसार उत्तरबाट पूर्व–दक्षिण जाँदै गरेको अवस्थामा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ । टाउकोमा हेल्मेट नलगाएको अवस्थामा चालकको शव फेला परेको उनले बताए ।

‘मोटरसाइकल अनियन्त्रित भएपछि चालकको टाउको नालीमाथि बनाइएको विश्रामस्थलमा ठोक्किएको हुनसक्छ,’भण्डारीले भने,‘नालीभित्र चालकको शव र त्यही नालीमा मोटरसाइकल पनि फेला परेको हो ।’ उनका अनुसार शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर