Aamsanchar

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

Author Image
मङ्गलवार, साउन २३, २०८०

काठमाण्डाै – फिफा विश्व कप सन् २०२६ छनोटअन्तर्गत प्रारम्भिक चरण खेल्न लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

विश्व कप छनोटअन्तर्गत प्रारम्भिक चरण खेलको तयारीस्वरूप नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

मैत्रीपूर्ण खेल म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ । नेपालले अक्टोबर १२ र १७ मा लाओससँग प्रारम्भिक चरणको खेल खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर