Aamsanchar

विराटनगरमा साइकलबाट लडेर एक जनाकाे ज्यान गयाे

Author Image
मङ्गलवार, साउन २३, २०८०

विराटनगर : विराटनगरमा सोमबार राति साइकलबाट लडेर घाइते भएका एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको अररियाका ३५ वर्षीय गोपाल मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकलमा यात्रा गरिरहेका मण्डल विराटनगर महानगरपालिका–१८ लाभाघाटमा राति ८:१५ बजेतिर लडेर घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मंगलबार बिहान २:१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन (मापसे) गरेर साइकल चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)