Aamsanchar

आपराधिक लाभ लिने गरी जिमहल बन्द गराउने विप्लव समूहका काठमाडौँ सेक्रेटरी पक्राउ

Author Image
मङ्गलवार, साउन २३, २०८०

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१७ ठहिटी घर भएका दीपक मानन्धरलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले बताए ।५२ वर्षीय मानन्धर नेकपा निकट नेवा मोर्चाको काठमाडौँ जिल्ला अध्यक्ष पनि हुन् । रातोपुल स्थित ‘एनआरके जिमहल’ बन्द गराएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी केसीले जानकारी दिए । जिमहलमा विवाद भएको भन्दै मानन्धरले आफ्नो पार्टीको ‘पीडित र न्याय विभागमा सम्पर्क गर्नुहोला’ भनेर सूचना टाँस गरेका थिए । जिमहलको विवाद मिलाउने अधिकार राजनीतिक दललाई नभए पनि उनले आपराधिक लाभ लिने गरी जिमहल बन्द गराएको आरोप छ । उनीविरुद्ध प्रहरीले ‘आपराधिक लाभ लिन नहुने कसुर’मा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)