Aamsanchar

विराटनगरको एक प्लाष्टिक उद्योगमा आगलागी

Author Image
बुधवार, साउन २४, २०८०

तस्बिर : अन्नपूर्णपाेस्ट

विराटनगर  : विराटनगर महनगरपालिका–१४ मा रहेको एमएम प्लाष्टिक उद्योगमा बुधबार बिहान आगलागी भएको छ ।  प्रहरीका अनुसार उद्योगको तीन तले भवनको भुइँ तलामा रहेको ‘युपीएस रूम’मा आगलागी भएको हो । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेल उद्योगका सञ्चालक हुन् ।

बिहानका लागि राति १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । इन्भटरको ब्याट्री सर्ट भएर आगलागी भएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी र विराटनगर महानगरपालिकाबाट गएका दुईवटा दमकललाई आगो नियन्त्रणमा लिन दुई घण्टाजति समय लागेको थियो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी पोखरेलले बताए ।  उद्योगका सञ्चालक प्याकुरेलका अनुसार आगोले दुईवटा युपीएस, दुई सयवटा ब्याट्री, एसी, इन्भटर, केवललगायत जलेर ध्वस्त भएको छ । भवनमा आंशिक क्षति पुगेको उनले बताए ।

उनका अनुसार ब्याट्री पड्किएर आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको छ । तर,उद्योगका कच्चा पदार्थ र तयारी वस्तुमा क्षति नपुगेको प्याकुरेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर