Aamsanchar

नेपाल टेलिकमको ५० रुपैयाँ दरका १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायाे

Author Image
बुधवार, साउन २४, २०८०

काठमाण्डौ – नेपाल टेलिकमको ५० रुपैयाँ दरका झण्डै १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ ।

‘नमस्ते ब्राण्डको रिचार्ज कार्ड’ ढुवानीका क्रममा हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहल काठमाण्डौले जनाएको छ ।

निर्देशनालयले आज सार्वजनिक सूचना निकालेर सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएको जनाएको छ ।

ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि निर्देशनालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर