Aamsanchar

दमकका प्रमुख प्रशासकीय अधिकृत निरौलासहित २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा

Author Image
बुधवार, साउन २४, २०८०

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासहित २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

निरौला टिकटक लाइभमा एक महिलासँग देखिएपछि विवादमा तानिएका थिए । उनी मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।मन्त्रायले शाखा अधिकृतहरुको पनि सरुवा गरेको छ । सरुवा भएका धेरैजसोलाई तराई मधेशका स्थानीय तहहरुमा खटाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर