Aamsanchar

आफ्नै छोरीलाई विष खुवाउने बाबु पक्राउ

Author Image
बिहिवार, साउन २५, २०८०

विराटनगर –सुनसरीमा आफ्नै छोरीलाई विष खुवाउने  कार्यमा संलग्न बाबु पक्राउ परेका छन् ।

सुनसरीको बर्जू गाउँपालिका २ का अर्जुन कामत आफ्नै छोरीलाई विष खुवाएको आरोपमा बुधबार पक्राउ परेका हुन् ।  प्रहरीका अनुसार २० वर्षीय छोरीलाई बाबुले जबरजस्ती विषादी खुवाएका थिए । त्यसपछि बेहोस भएकी छोरीको काेशी अस्पतालकाे आईसियुमा उपचार भइरहेकाे सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए । पीडितलाई स्थानीयले उद्दार गरेर अस्पताल पुर्‍याएका थिए ।

मादक पदार्थ सेवन गरी बाबु अर्जुनले घर नआएर बाहिरै बसेको भन्दै छोरीमाथि यस्तो कार्य गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर