Aamsanchar

आफू यूकेको नागरिक भएकाे र उपहार पठाएको छु भन्दै ठगी गर्ने महिला पक्राउ

Author Image
शुक्रवार, साउन २६, २०८०

काठमाडौँ – आफूलाई यूकेको नागरिक बताएर उपहार पठाएको छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका बस्ने ५५ वर्षीय कमलादेवी श्रेष्ठ रहेकी छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत साथी बनाई कुराकानी गरी आफूलाई यूकेको नागरिक बताई सुनको गरगहना, डलर, आइफोन, जुत्ता, लेडिज ब्याग, लत्ता कपडाहरू समेतको गिफ्टहरू पार्सल पठाएको भन्ने गर्थिन् । त्यसपछि विभिन्न प्रलोभन देखाई कस्टम चार्ज बापतको रकम पठाउनुपर्छ भन्ने गर्थिन् । यसरी उनले ९१ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाई छ ।

श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत साउन २३ गते पक्राउ गरेको थियो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)