



मकवानपुर – मकवानपुरकाे भिमफेदी गाउँपालिका–२ भैँसेमा सुक्खा पहिराेमा खसेकाे ढुङ्गा लागेर एक प्रहरी जवानकाे ज्यान गएकाे छ ।
प्रहरी चौकी भैँसेमा कार्यरत जाजरकाेट शिवालय नगरपालिका-८ का २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रवार हिजाे बेलुका ज्यान गएकाे जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्की बताउनु भयाे ।
ढुङ्गाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा उपचारका क्रममा ज्यान गएकाे प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

‘बिहीवार भैँसेमा रहेकाे प्रहरी पोष्टमा काम गरिरहेका समयमा उहाँ चिप्लिएर घाइते हुनुभएको थियो’, उहाँले भन्नुभयो, ‘हेटौँडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रवार हिजाे दिउँसो ढुङ्गा लागेर नेपाली पुनःघाइते भएपछि घटनास्थलबाटै अस्पताल पर्याइएको थियो ।’
नेपालीसँगै प्रहरी जवान सुनिल मेचे पनि घाइते हुनुभएकामा उहाँको भने अवस्था सामान्य रहेको कार्कीले बताउनुभयो । नेपालीको शव आज जाजरकोट पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।