Aamsanchar

डा. केसी ले गरे अनसन स्थगित

Author Image
मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं – मेडिकल शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनेको आमरण अनसन एक महिनाका लागि स्थगित गर्नुभएको छ ।

सरकारले एक महिनाको समय मागेको भन्दै डा. केसीले सो अवधिभित्र मागहरु सम्बोधन नगरिए भदौ २९ गतेदेखि आमरण अनसनसहित कठोर कदम चाल्ने चेतावनी पनि दिनुभएको छ ।

एक महिनाभित्रै सिटिइभीटीको अवैध निर्णय खारेजी तथा चिकित्सा शिक्षा आयोगका पदाधिकारीका समयमै नियुक्ति लगायतका विषय पुरा हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

डा. केसीले सत्ता र प्रतिपक्षमा हुने तीनै दलका शीर्ष नेताहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी ओलीको निहित स्वार्थ तथा माफियाहरुसितको साँठगाँठका कारण सरकार अझै पनि जनतालाई राहत हुने गरी हुने स्वास्थ्य र मेडिकल शिक्षाको सुधारमा अवरोध ल्याउन लागिपरेको आरोप पनि लगाउनु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर