Aamsanchar

नेपालबाट साउदीको मक्का मदिना जान चाहनेहरुका लागि आवेदन खुल्याे

Author Image
मङ्गलवार, साउन ३०, २०८०

काठमाण्डाै – सन् २०२४ मा हज गर्न साउदी अरबको मक्का मदिना जान चाहनेहरुका लागि आवेदन खुलेको छ । गृहमन्त्रालय मातहतको नेपाल हज समितिले सूचना निकालेर आजदेखि असोज ३० गतेभित्र आवेदन दिन आह्वान गरेको हो ।

आवेदन फारम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । फारम भरेर आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबापत एक लाख ५० हजार रुपैयाँ बुझाइ आवेदन दिन सकिने समितिका कार्यवाहक अध्यक्ष कमवुल मियाँले बताउनुभयो ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी, राहदानीको फोटोकपी, पहिलो किस्ताबापत एक लाख ५० हजार रुपैयाँ हज समितिको बैंक खातामा जम्मा गरेको सक्कल भौचर, कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएको प्रमाणपत्र र आवेदकको बैंक खाताको चेकको फोटोकपी पनि पेस गर्नुपर्ने छ ।

सन् २०२४ मा नेपालबाट एक हजार दुई सय जना इस्लाम धर्मावलम्बी हजका लागि साउदी अरब जान पाउनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर