Aamsanchar

वाणिज्य बैक हरुसंग सुरक्षा सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया

Author Image
बिहिवार, साउन ३२, २०८०

बिराटनगर। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले बाणिज्य बैकहरुसंग सुरक्षा सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया गर्नु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा आज सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल बैक, राष्ट्रिय बाणिज्य बैक, एनएमबि बैक, ग्लोबल आईएमई बैक लगायत बिराटनगर स्थित रहेका सम्पुर्ण बैकहरुका प्रदेश प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा उपस्थित महानुभावहरुले सुरक्षा सम्बन्धी बिभिन्न किसिमका जिज्ञासा तथा गुनासोहरु राखेका थिए। सहभागीहरुबाट उठेका जिज्ञासा तथा गुनासोहरुलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले बैक तथा बित्तिय संस्थाहरुको सुरक्षामा नेपाल प्रहरी बिशेष रुपमा चनाखो रहेको र आगामी दिनहरुमा समेत थप सुरक्षाका रणनितीहरु अबलम्बन गरी बैकिङ क्षेत्रको सुरक्षामा पुर्ण प्रतिबद्ध रहेको बताउनु भयो । उक्त कर्यक्रममा प्रदेश प्रहरी कार्यालय बिराटनगरका सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर