काठमाण्डाै – आज श्रावण शुक्ल तृतीयाका दिन बराह जयन्ती मनाइँदैछ । जलमा डुबेकी पृथ्वीलाई विष्णुले उद्धार गरी मानव बसोबास गर्न योग्य बनाएको सम्झनामा बराह जयन्ती मनाउने गरिन्छ ।
धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार पृथ्वीमा महाप्रलय भएर जलमा डुबेपछि पनि बराहरूपी विष्णुले उद्धार गर्ने वैदिक ग्रन्थमा उल्लेख छ । विष्णुका विभिन्न दश अवतार रहेको धार्मिक मान्यता छ ।
मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार लिइ असत्यबाट सत्यको रक्षा गरेको वैदिक ग्रन्थमा व्याख्या गरिएको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो ।
आज काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा रहेका बराह/बाराही मन्दिरमा भिड लाग्ने गर्छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 86