Aamsanchar

मेची नदीमा डुबेर १३ बर्षिय बालकको मृत्यु

Author Image
शनिवार, भदौ २, २०८०

झापा – मेची नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका-६ स्थित भानुनगर निवासी विनोद महतोको १३ वर्षीय छोरा शिव महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बालक महतो अन्य दुईजना साथीहरूसँगै शनिबार दिउँसो ३ मेची नदीमा पौडी खेल्न गएका थिए। भद्रपुर नगरपालिका- ५ देवीबस्तीको तटबन्ध नजिकै पौडी खेल्ने क्रममा महतो पानीको गहिरोमा भाग्न डुबेको र उनको घटनास्थलमै मृत्यु भएको थियो।

उनीसँगै अर्को बालक पनि डुबी रहेको स्थानीयले देखेपछि उनलाई तत्काल उद्धार गरेका थिए। घटना साढे ३ बजेको हो।

वडा प्रहरी कार्यालय भद्रपुरको टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी बालकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर