Aamsanchar

झापा, मोरङ र सुनसरीमा ठूलो वर्षा, बाढीको जोखिम

Author Image
सोमवार, भदौ ४, २०८०

झापा – झापा, मोरङ र सुनसरीमा ठूलो वर्षा भएको छ । मोरङको लेटाङ, सुनसरीको सप्तकोशी चतारा वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा ठूलो वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

झापा, मोरङ, सुनसरी भइ बहने स–साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी र आसपास भइ बहने साना नदी तथा खोलाका बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै, महाकाली नदीमा जलसतह सतर्कता तह आसपास पुग्ने सक्ने सम्भावना रहेकाले आज र भोलि सतर्कता अपनाउन भनिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर