



बैतडी : चार हप्तादेखि बेपत्ता बैतडीका एक बालक मृत फेला परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–०४ कनिना डङाका १४ वर्षीय रमेश भट्ट मृत भेटिएका हुन्।
रमेश पञ्चेश्वर गाउँपालिका–०३ मड्वल्या खोलाको खानेपानी ट्याङ्की नजिक झाडीमा रमेशको शव भेटिएको आफन्त वीरेन्द्र भट्टले जानकारी दिए।
खानेपानी लाइन बनाउन गएका स्थानीयले उनको शव देखेका हुन्। शव सडेको अवस्थामा फेला परेको भट्टले बताए।

रमेशको टाउको र शरीरको भाग छुट्टाछुट्टै भेटिएकोले जंगली जनावरले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ। उनी गत साउन ७ गतेदेखि हराइरहेका थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
1
+1
Views: 13