Aamsanchar

स्कुल बसको ठक्करबाट १२ बर्षिय बालकको ज्यान गयाे

Author Image
मङ्गलवार, भदौ ५, २०८०

विराटनगर – मोरङमा मंगलबार दिउँसो स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार साइकलमा यात्रा गरिरहेका बालकलाई बूढीगंगा गाउँपालिका–१ मिलन चोकस्थित भित्री सडकखण्डमा सेनम्यारी बोर्डिङ स्कुलको बा १ प ६०१८ नम्बरको बसले ठक्कर दिएको हो।

ठक्करबाट खोटाङ घर भइ बूढीगंगा–१ मा बस्दै आएका प्रदीप परियारका १२ वर्षीय छोरा सन्देश सुनामको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई दिउँसो ४ बजेतिर ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो।

चिकित्सकले दिउँसो ४:४० बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ। स्कुल बस र चालक विराटनगर महानगरपालिका–४ बस्ने ४० वर्षीय देवानन्द राजवंशीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर