Aamsanchar

भुसुनेको जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध

Author Image
शुक्रवार, भदौ ८, २०८०

ओखलढुंगा : मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ। बिहीबारदेखिको वर्षाका कारण माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको जानकारी दिए।

सडक अवरुद्ध भएपछि ओखलढुंगा र सोलुखुम्बुबाट राजधानी काठमाडौं र तराईका जिल्लाका लागि छुटेका सवारी ओखलढुंगाको मिलनचोक रमाइलोडाँडा क्षेत्रमै रोकिएका छन्। निरन्तरको वर्षाका कारण जिल्लाभरका ग्रामीण सडकमा पहिराको जोखिम बढेको छ। अधिकांश सडक अवरुद्ध छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर