Aamsanchar

धरान जान लागेका दुईवटा गाडीसहित प्रदर्शनकारीलाई प्रहरीले चारपानेमा राेक्याे

Author Image
शनिवार, भदौ ९, २०८०

झापा- धरान जान लागेका दुईवटा गाडीसहित प्रदर्शनकारीहरुलाई प्रहरीले झापाको चारपानेमा रोकेको छ ।

गौहत्याबिरुद्ध प्रदर्शनका लागि धरान जान नपाएपछि उनीहरुले चारपानेमा नै प्रदर्शन गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले धरान जान लागेका दुईवटा गाडीलाई केहीबेर चारपानेमा होल्ड गराएको  बताए । उनले केहीबेर होल्ड गरेर गाडी छोडिदिएको जानकारी दिए ।

उता सुनसरी जिल्ला प्रशासनले धरानमा जारी गरेको निषेधाज्ञाका कारण आज शनिवार बिहानैदेखि बजार क्षेत्र सुनसान छ । हिजो शुक्रवार राति १२ बजेदेखि लागु भएको निषेधाज्ञा अवधि आज शनिवार राति १२ बजे सकिन्छ ।निषेधाज्ञा अवधिमा धरान प्रवेश गर्ने ५ नाकामा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताएका छन् ।उनका अनुसार धरान प्रवेश गर्ने पश्चिम बाटो वराहक्षेत्र नगरपालिका–१ मा पर्ने झन्डा चोकदेखि धरानतर्फको क्षेत्र र धरान प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनी नगरपालिका–६ बाट वराहक्षेत्र नगरपालिका–३ चोकबाट धरानतर्फको क्षेत्र प्रवेशमा कडाइ गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर