Aamsanchar

घरभित्र बिजुलीको तार जोडिरहेका लेखककाे करेन्ट लागेर मृ*त्युु

Author Image
आइतवार, भदौ १०, २०८०

बैतडी : करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

 

घरभित्र कोठामा बिजुलीको तार जोडिरहेका लेखक करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाइते लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी दशरथचन्द नगरपालिका–५ आइतका ४३ वर्षीय केशवदत्त लेखक (लछु) मृत भेटिएका छन्। केशव वडा नं ५ को कार्यालय नजिकै मृत फेला परेको प्रहरी निरीक्षक केसीले बताए।

शनिबार घरबाट निस्केका केशव आइतबार बिहान मृत फेला परेका हुन्। उनको मृत्युको कारण खुल्न सकेको छैन। शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र परीक्षण रिपोर्टपछि के कति कारण कारण मृत्यु भएको खुल्ने जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर